Wednesday, 29 December 2010

हाम्रो नवलपरासी परिचय

नेपाल अधिराज्यका ५ विकास क्षेत्र मध्ये पश्चिमााचल विकास क्षेत्र महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जम्मस्थलको रुपमा विश्व परिचित लुम्बिनी अाचलका ६ वटा जिल्लाहरु मध्ये नवलपरासी पनि एक हो । करिब २१६२ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा चितवन पश्चिममा रुपन्देही उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि। देखि १९३६ मि। सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व-दक्षिण भागमा नवलपुर पश्चिम-दक्षिण भागमा तराई उत्तर-पूर्व र उत्तर-पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । 

नवलपरासी जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहाँ पहाडी प्रदेश भित्री मधेश र तराई प्रदेश रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहाँ पाइन्छ । यहाँको न्यूनतम तापक्रम ५ डिग्री से_िल्सयस र अधिकतम तापक्रम ४४ डिग्री से_िल्सयस सम्म रहेको पाइन्छ । 

कालीगण्डकी करिडोर अन्र्तगत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि िसंचित यस जिल्लामा विविध जातजाति भाषाभाषी धर्म संस्कृतिको सम्श्रिण पाइन्छ । यहाँ जनगणना २०५८ अनुसार ५६२८७० जनसंख्या रहेकोमा नेपाल अधिराज्यमै सबै भन्दा बढी कुमाल र रजभार जातिको बसोबास समेत रहेको पाइन्छ । 

भौगोलिक रुपमा यस जिल्लाको सम्पूर्ण भू-भागलाई दाउन्नेडाडाले करिब बीचबाट चिरी पूर्व तर्फ नवलपुर क्षेत्र र पश्चिम तर्फ परासी क्षेत्रको रुपमा जिल्लालाई दुई खण्डमा विभाजन गरेकॊ छ । नेपाल अधिराज्यको एक मात्र पूर्व पश्चिम राजमार्गले यस जिल्लाको करिब ९९ कि।मी। लम्बाई समेटेको छ भने सो राजमार्गको शिलान्यास स्थल र मध्यविन्दु समेत यहि पर्दछ । 

धरातलिय रुपमा करिब १९३६ मि। उचाईको देवचुली १७६५ मि। को बडचुली महलपोखरी धौवादी एवं दाउन्ने जस्ता प्रख्यात टाकुराहरु जिल्लाका शिरका रुपमा रहेका छन् । यहाँ गिरुवारी अरुणखोला केरुङे तुरिया धनेवा झरही जस्ता खोलानालाले निरन्तर रुपमा जलप्रवाह गरिरहेका छन् । त्यसै गरी करिब ८४ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक नन्दन ताल गैडाताल पिपरपाति नाला बुटाहा र सुसिहवा तालले थुप्रै जलचरहरुलाई बास स्थान प्रदान गरी जिल्लाको गरिमालाई निरन्तर बडाइ रहेका छन् । 

No comments:

Post a Comment